Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सहकारी प्राधिकरणको अध्यक्षका तीन जनाको नाम सिफारिस

 

 

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डाक्टर खगराज शर्माको नाम सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को बैठकले उनीहरूमध्ये १ जनालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्षमा नियुक्त गर्नेछ। क्याबिनेट बैठक आज बस्दैछ। आज साँझ बस्नै बैठकले सम्भवतः उनीहरु मध्येबाट एकजनाको नाम सिफारिस गर्नेछ।

सिफारिस भएका अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाटै अवकाश प्राप्त व्यक्ति हुन्।

उनी सहकारी मन्त्रालयको सचिव हुँदा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा समेत काम गरेका थिए। अवकाशपछि पनि पोखरेल प्राधिकरण कै अध्यक्ष बन्ने दौडधुपमा छन्। उनलाई ‘कुलिङ पिरियड’ नछुने भएपछि नयाँ नियुक्तिको दौडधुपमा लागेका हुन्।

त्यस्तै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका नारायण पौडेल सहकारी प्राधिकरणको अध्यक्ष बन्न मरिहत्ते गरेर लागिपरेका छन्।

सेवानिवृत्त भएको एक साता नबित्दै पौडेल प्रभु कानुनविपरीत लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

विघटित राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यसचिव डाक्टर खगराज शर्माको नाम पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि सिफारिस भएको छ।

नेकपा एमाले सहकारी विभाग सदस्य समेत रहेका शर्मा बोर्डको सदस्यसचिव भएर ५ महिना पनि काम गर्न पाएनन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेल निकट रुपन्देहीका शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न लागिपरेका हुन्।

प्राधिकरणको अध्यक्षका लागि ‘कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने’ भनेर सर्त तोकिएको छ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा पूर्वअर्थ सचिव सुमन शर्मा र गुणनिधि भुसाल सदस्य रहने गरी ३ सदस्यीय सिफारिस समिति गठन भएको थियो। उक्त समितिले आफ्नो जिम्मेवारी पूरा गरेको छ।

प्राधिकरणको अध्यक्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलका भतिजा अनिलराज पौडेल, अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल, डाक्टर खगराज शर्मा, डाक्टर हरिकुमार नेपाल र परितोष पौड्याल संक्षिप्त सूची सर्ट लिस्टमा परेका थिए।

अन्तर्वार्तामा राष्ट्रपतिका भतिजा अनिल उपस्थित नै भएनन्। त्यसपछि सूचना निकालेरै प्रक्रिया अघि बढाइएको हो।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP