काठमाडौँ : नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल-भारत सीमानाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ। शवको पहिचान भएको छैन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५-४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको छ । भोटेकोशीको बाढीमा परी वेपत्ता व्यक्तिको शव हुन सक्ने अनुमान गरिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया