Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा

 

 

काठमाडौं : नेपाल, १० जुलाई २०२५ — भारतको प्रमुख एफएमसीजी समूह र मल्टी-बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्नो मसलाहरू ल्याउने घोषणा गरेको छ।

यो योजनाबद्ध विस्तारमार्फत क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य समेत लिएको छ।

डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड श्री सन्दीप घोषले भने, ‘नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउँदा र विशेषगरी यहाँका उपभोक्ताहरूको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ।’

क्याच स्पाइसेसले आफ्नो विविध पोर्टफोलियो र स्थानीय स्वादअनुसार विशेष रूपमा तयार गरिएका उत्पादनहरूसहित उपभोक्ताहरूको यी विशिष्ट आवश्यकताहरू पूरा गर्न आदर्श स्थान पाएको एनले बताए।

नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। क्याच ब्राण्डसँगको आफ्नो संग्लग्नताबारे सेफ शाह भन्छन्, ‘एक सेफका हैसियतले गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो असर पार्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। क्याच मसला नेपालमा भित्रिनु अत्यन्तै सकारात्मक खबर हो र म विश्वस्त छु कि यसका गुणस्तरीय उत्पादनहरूले घर तथा रेस्टुरेन्टहरूमा छिट्टै स्थान बनाउनेछ।’  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP