Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

 

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित सडकमा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा. प्र.०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

कपिलवस्तु, बुद्धभुमी नगरपालिका-२ गोरूसिङगे बजारस्थित सडकमा हाल नम्बरको नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

सिराहा, सिरहा नगरपालिका-१७ स्थित सडकमा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट साइकलयात्री भारत जयनगर थाना बेलापूर्वी पंचायत-७ बस्ने ४० वर्षीय प्रमेश्वर यादवको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, राप्ती नगरपालिका-२ गढ्यौलीस्थित सडकमा ना. ६४ प २९४२ नम्बरको मोटरसाइकलले साकललाई ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका-२ बस्ने १५ वर्षीय सोहन तामाङको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP