काठमाडौं : ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि १५ गतेसम्मका लागि नक्सा पास कार्यहरू बन्द गरेको छ। महानगरपालिका,शहरी विकास योजना महाशाखाले आज सूचना जारी गरि आव २०८१/०८२ मा घर निर्माणको लागि नक्सा पास भएका तथा नक्सा पास प्रक्रियामा रहेका मिसिलहरू अद्यावधिक गर्नुपर्ने भएकाले उक्त कार्य बन्द गरिएको जनाएको छ।
‘मिति २०८२/०४/०१ देखि २०८२/०४/१५ गते सम्म यस महाशाखाबाट संचालन हुने नक्सा पास सम्बन्धी कार्यहरू बन्द हुने ब्यहोरा निर्णय अनुसार सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ, उक्त बन्दबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं,’सूचनामा उल्लेख छ।
महानगरपालिकाका अनुसार नयाँ नक्सा दर्ता कार्य र नयाँ निर्माण सम्पन्न दर्ता प्रकृया स्थगन हुनेछ। दर्ता भइ प्रकृयामा रहेका फाइलहरूको प्रकृया निरन्तर हुने महानगरपालिकाले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया