Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

 

 

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरुलाई नेपालमै बस्न आग्रह गरेका छन्।

आज यहाँ आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे।

“नेपालमा व्यावसायिक रुपमा अपार सम्भावना छन्, नेपालमा जस्तो सम्भावना अन्यत्र छैन, म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु, अनुभवका अधारमा मलाई नेपालका हरेक क्षेत्रमा सम्भावना छन्”, उनले भने।

उनले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गरे । नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उहाँले आग्रह गरे।

“म सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ, सानै उमेरदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौँ भन्ने सोच थियो, महत्वाकांक्षी नभइ इमान्दार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ”, उनले भने।

उनले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताएश्र आफू विश्वका सबै जसो देशमा पुगेको बताउँदै ढकालले नेपाल जस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP