काठमाडौँ : महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर नियुक्त भएका छन्। बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई असार २२ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको बैंकले बताएको छ। आज आइतवार उनले पद बहाली गरेका छन्।
ठाकुर नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशक, राष्ट्रिय बीमा संस्थानको प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड लगायतका संस्थाहरूको कार्य गरेको अनुभव रहेको छ।
ठाकुरको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ। यो बैंकका देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया