Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अन्न भण्डार मधेसमा असारको चटारोभन्दा चिन्ता धेरै, आकास हेरेर टोलाउँछन् किसान

 

सरस्वती अधिकारी

काठमाडौँ : मनसुनका वेला पनि पर्याप्त पानी नपर्दा असारे खडेरीले अन्नको भण्डारका रुपमा रहेको मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्‍यो।

‘न पर्याप्त सिँचाई सुविधा छ, न आकासबाट पानी पर्छ, असारको अन्तिम साता बित्नै लाग्दा पनि खेतमा धान रोप्ने पानी छैन। कतै भूमिगत सिँचाई, कुलो भएका ठाउँमा पनि रोपेको धानमा धाँजा फाट्न थालिसके’ मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले थाहाखबरसँग भने।

धानको ‘हब’मा पानीको हाहाकार

धानको हबका रुपमा रहेको मधेस प्रदेशमा यतिखेर खानेपानीकै समेत हाहाकार छ।

‘अहिले त गाउँगाउँमा चारैतिर खानेपानीकै हाहाकार मच्चिरहेको छ। पानीको पाइप सुकिसक्यो, डिप ट्यूबेल गरेको ठाउँमा स्यालो ट्यूबेलको काम नै छैन, कृषि विकास निर्देशनालय मधेस प्रदेशका वरिष्ठ कृषि अर्थविज्ञ गेनालालप्रसाद मण्डल भन्छन्, ‘पम्पसेट बोरिङले तान्न पनि खोलामा पनि पानी छैन, पानी परेपछि मात्र सबै प्रयासले पर्याप्त मात्रामा काम गर्छ।’

विगतमा असारभित्र लगभग रोपाइँ गरिसक्ने किसानहरू यसपटक असार अन्तिम सातासम्म पनि सुक्खा खेतमा धान रोप्न आकासे पानी पर्खिरहेका छन्। मौसमविद्हरूले यसपटक औसतभन्दा धेरै वर्षा हुने अनुमान गरेका छन् तर मनसुनमा पनि धान रोप्न पुग्ने गरी पानी परेको छैन।

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्‍ बैठकले सुख्खाग्रस्त मधेशका किसानहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गरेको छ। आवश्यक सहयोग गर्न कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आग्रह गरिएको कृषिमन्त्री क्षेत्रीले बताए।

‘पानीको समस्याले अहिले मधेसमा विकराल अवस्था लिएको छ’, मन्त्री क्षेत्री भन्छन्, ‘पानी नपरेर किसानलाई धेरै समस्या भइरहेको छ। वैकल्पिक व्यवस्थाका रुपमा तत्कालै ठाउँठाउँमा बोरिङ गाडेर वा खोलानालाबाट पम्पिङ्ग सेटबाट तानेर व्यवस्थापन गर्दैछौँ।’

उनका अनुसार सिँचाइको लागि प्रदेशस्तरबाट स्यालो ट्यूबेलको कार्यक्रम गरिएको छ तर यो पर्याप्त भएन।

समयमा रोप्न नपाएपछि धानका बीउ ब्याडमै छिप्पिएर गएको छ भने उत्पादनमा ह्रास आउने चिन्ता किसानलाई छ।

‘सिँचाई सुविधा छैन, आकासबाट कहिले पानी झर्छ भनेर कुर्नुपर्छ, यो पटक त पानी धेरै पर्छ भनेको थियो, खोई? असारमै रोप्नुपर्ने धान अहिलेसम्म रोप्न पाएको छैन, बीउ सुक्न लागिसक्यो, हाम्रो व्यथा कसले बुझिदिन्छ’ सर्लाहीका धनु यादव भन्छन्।

सुनसरीको बराह क्षेत्रमा पनि किसानले रोपेका धान खेत धाँजा फाटेर गएको छ। आकासको पानी कुर्दाकुर्दै रोपेको धान पनि सुकेर गएको कृषक बताउँछन्।

यसवर्ष पोहोरको तुलनामा आधा जमिनमा पनि धान रोपिनसकेको उनीहरूको गुनासो छ। ‘पहिले यतिखेर रोपाइँ सकिने बेला भइसक्थ्यो, अहिले आधा पनि रोपेको छैन’, स्थानीय राम विकासले भने।

६६ प्रतिशत बढी जमिनमा रोपाइँ बाँकी

मधेस प्रदेशमा यसवर्ष ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान सरकारले गरेको छ तर खडेरी लम्बिए धानखेती प्रभावित हुने देखिएको छ।

कृषि विकास निर्देशनालय धनुषाका अनुसार असार सकिनै लाग्दासम्म ३३.७९ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ। हालसम्म प्राप्त विवरणअनुसार प्रदेश भर १ लाख २५ हजार ८८८.६ हेक्टर जमिनमा मात्र धान रोपिएको छ।

प्रदेशमा सबैभन्दा धेरै पर्सामा ७३.३४ प्रतिशत अर्थात् २९ हजार १३८ हेक्टरमा रोपाइँ भएको छ। पर्साको ५४ हजार ४०६ हेक्टर खेतीयोग्य मध्ये ३९ हजार ७३१ हेक्टरमा धान खेती हुने गर्छ । रौतहटमा ४५ प्रतिशत (१५ हजार ७५० हेक्टर), सर्लाहीमा ४० प्रतिशत (१७ हजार ४७७.६ हेक्टर), बारामा ४० प्रतिशत (१८ हजार ४०८ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ।

सिरहामा मात्र २९ प्रतिशत अर्थात् धानखेती हुने ५४ हजार हेक्टरमध्ये १५ हजार ६६० हेक्टरमा मात्र धान रोप्न सकिएको छ भने धनुषामा २५ प्रतिशत (धानखेती हुने कुल ४३ हजार ७०० मध्ये १० हजार ९२५ हेक्टर) मा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

सबैभन्दा कम सप्तरीमा १६ र महोत्तरीमा १८ प्रतिशत जमिनमा मात्र धान रोपिएको छ। पानी नपर्दा सप्तरीको धानखेती हुने ६८ हजार हेक्टरमध्ये ८४ प्रतिशत जमिनमा धान रोप्न सकिएको छैन।

महोत्तरीको कुल ४२ हजार ५०० मध्ये ७ हजार ६५० हेक्टरमा मात्र रोपाइँ भएको वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले जानकारी दिएका छन्।

जब पर्‍यो राती, बुढी ताती

पर्याप्त सिँचाई सुविधा नहुँदा खेती प्रभावित हुँदै आएको मधेसका किसानले समयमा मलको अभावले सास्ती खेप्नुपरेको छ।

हरेक वर्ष असारमा धमाधम रोपाइँ गर्नुपर्नेमा आकास कुरेर बस्नुपर्दा किसान छट्पटिन्छन् तर सरकारले समयमै विकल्प तयार गर्दैन। यसपटक पनि असार सकिनै लाग्दा पनि पानी नपरेपछि बल्ल सरकार झस्केको किसानको गुनासो छ।

मौसमविद्ले मनसुन भित्रिएको र यसवर्ष औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेपछि धानखेती आकासकै पानीले धानिदेला भन्ने विश्वासमा सरकार समेत थियो।

‘गतवर्ष पनि यस्तै भएको थियो, अन्तिममा प्रदेश सरकार व्यवस्थापनमा तात्दै गर्दा पानी पर्‍यो। अहिले पनि मौसम विज्ञानले पनि पूर्वबाट पानी आउँदैछ, मधेसमा पनि पानी पर्ने प्रचुर सम्भावना छ भनिरहेको थियो, हामी पनि पानी पर्ला भनी हेरेर बसेको हो, पहिले नै व्यावस्था गर्नुपर्थ्यो, हामीले पनि मौसम पूर्वानुमान अनुसार पानी पर्ला भनेर बसेकाले समस्या भएको हो’, कृषिमन्त्री क्षेत्री भन्छन्।

कृषिका लागि उर्वर भूमि भए तापनि मधेस प्रदेशमा जति मात्रामा सिँचाइको व्यवस्था हुनुपर्ने हो, त्यति मात्रामा हुन सकेको छैन। आफूहरू भने मधेस प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र देशलाई पनि खुवाउने अभियानमा अगाडि बढेको तर्क उनको छ ।​ गण्डक नहरले पनि कमाण्ड एरिया (बारा, पर्सा, रौतहट) पुरैमा सिँचाई दिन सकिरहेको छैन।

‘भूमिगत सिँचाइका लागि पर्याप्त बजेट चाहिन्छ तर हामीसँग अभाव छ, त्यसले पनि समस्या भएको छ’, मन्त्री क्षेत्रीले भने,‘तत्काललाई कम्तीमा ठाउँठाउँमा स्यालो ट्यूबेल गाडिदिन सकियो भने किसानलाई केही राहत हुन्छ, रोपाइँको समस्या केही मात्रामा समाधान हुन्छ।’ तर यस्तै अवस्था रहिरह्यो भने केन्द्र सरकारले मधेस प्रदेशमा राहतको प्याकेज घोषणा गरिदिनुपर्ने उनले बताए।

वरिष्ठ कृषि अर्थविज्ञ मण्डल पानी नभएर धान खेतीमा प्रभाव परिरहेको बताउँछन्। ‘आकासको भरमा खेती गर्नुपर्छ, पानी परेन भने बाली राम्रो हुँदैन, उत्पादन घट्न सक्छ’, उनले भने, ‘सरकार धान चामलमा आत्मनिर्भर बन्ने लक्ष्य राख्छ तर धानको हबमै खेती प्रभावित हुने अवस्था छ।’

मधेसमा धानको उत्पादन घट्दा देशकै आर्थिक अवस्थामा धक्का पुग्ने उनी बताउँछन्। ‘मधेसलाई खाद्यान्नको भण्डार भने पनि यस्तै अवस्था भइरह्यो भने उत्पादनमा ह्रास आउँछ, देशकै खाद्यान्न आपूर्तिमा असर गर्छ, उत्पादन नै हुँदैन भने भण्डार भन्नुको अर्थ छैन’, उनले भने।

धानका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा नै समस्या हुने गरेको उनले बताए। साना सिँचाई विशेष कार्यक्रम जिल्लामा लागू भइरहेको छ।

सिँचाइको कभरेज एरिया बढाउने उद्देश्य राखिए पनि पानी नपरेको अवस्थामा बोरिङ, पम्पसेटले पनि पर्याप्त पानी नदिने उनी बताउँछन्।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP