रौतहट : खडेरीका कारण मधेस प्रदेश सुखाग्रस्त क्षेत्र घोषणा भएपछि यहाँका जनता पानीका लागि याकुल व्याकुल बनेका छन्। वर्षा नहुँदा खेतीपातीमा ठूलो असर परेको छ भने विशेषगरी धान खेती गर्ने किसानहरू गहिरो संकटमा परेका छन्। वर्षभरिको मुख्य खाद्यान्न धान उत्पादन नै संकटमा पर्दा लाखौं किसानलाई हात मुख धौ–धौ पर्ने सम्भावाना बढ्दै गएको देखिन्छ।
मधेस प्रदेशका अन्य जिल्लाको तुलनामा रौतहटमा भने केही हदसम्म धान रोपाइ भएको छ। कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार हालसम्म जिल्लामा करिब ६५ प्रतिशत धान रोपाइ सम्पन्न भइसकेको छ। उनका अनुसार रौतहटमा झन्डै ३५ हजार हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ।
तर रोपिएको धान जोगाउन किसानलाई निकै समस्या भइरहेको छ। नहरमार्फत खेतमा पानी नपुग्दा किसानहरू वैकल्पिक उपाय रोज्न बाध्य छन्। नहरको सेवा प्रभावकारी नभएपछि किसानहरूले विद्युतीय मोटर जडान गरी सिँचाइ गर्ने प्रयास गरिरहेका छन्, तर त्यसैले ज्यानै जोखिममा परेको छ।
बुधबार मात्र सिँचाइका लागि मोटर जडान गर्ने क्रममा दुई जना किसानको करेन्ट लागेर मृत्यु भएको छ।
रौतहटको माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया आफ्नो खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई तत्कालै प्रादेशिक अस्पताल गौर ल्याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरे।
यस्तै, कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवानको पनि सिँचाइका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। उनलाई गरुडास्थित ग्रान्डी अस्पताल ल्याइएको थियो तर अस्पतालमा पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुवै मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
किसान अगुवाहरूका अनुसार नहरको कमजोर संरचना, जल व्यवस्थापनको अभाव र सरकारको उदासिनताका कारण किसानहरू बाध्यतावश निजी खर्चमा मोटर चलाएर खेतमा पानी पुर्याउन लागिरहेका छन्।
तर विद्युतीय सुरक्षा प्रबन्ध कमजोर हुँदा किसानहरूले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भइरहेको छ। स्था नीयवासी र कृषकहरू सरकार र सरोकारवालासँग तत्काल राहतको व्यवस्था गर्न र सिँचाइ प्रणालीमा सुधार ल्याउन माग गर्दै आएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया