Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

 

काठमाडौं : हिमाल मिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ, जसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउने भएको छ।

यस वर्षको मेलामा समाचार र स्टोरी टेलिंगको बदलिँदो संसारबारे छलफल गरिने हिमाल मिडियाले जनाएको छ। जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टर क्लासहरू समावेश हुनेछन्।

यस पटकको हिमाल मिडिया मेलामा ‘पावर्ड बाई’ साझेदारको रूपमा टिकटक पहिलो पटक सहभागी हुने भएको छ। यस साझेदारीले मोबाइल-फर्स्ट सामग्री निर्माण र कथावाचनको संसारमा डिजिटल प्लेटफर्महरूको बढ्दो महत्त्वलाई अझ अघि बढाउने अवसर दिनेछ।

टिकटकले मोबाइल पत्रकारिता र भिडियो कथा वाचनबारे विशेष सत्र सञ्चालन गर्नेछ, जसले पेशेवर मिडियाकर्मीहरूलाई डिजिटल-फर्स्ट दर्शकहरूको लागि उपयुक्त हुने सामग्री निर्माणबारे जानकारी दिनेछ। यस साझेदारीले छोटो-रुपका भिडियोहरूको बढ्दो प्रभाव र पहुँचलाई कसरी मिडियाले उपयोग गर्न सक्छ भन्नेबारे गहन छलफलको अवसर पनि दिनेछ।

“हिमाल मिडियासँगको सहकार्य मार्फत नेपालमा कथा वाचनको भविष्यलाई सघाउन पाउँदा हामी उत्साहित छौं। टिकटक मिडियालाई विविध प्रकारका दर्शकहरूसँग सिर्जनात्मक र अर्थपूर्ण तरिकाले जोड्न सक्षम बनाउने कुरामा विश्वास गर्दछ,” टिकटकका प्रवक्ताले भने।

कार्यक्रमको सुरुवात हिमाल मिडियाका प्रकाशक कुन्द दीक्षित गरर्नेछन्। त्यसपछि मनीषा पाण्डेको की-नोट भाषण र रोमन गौतमसँगको संवाद हुनेछ। मुख्य सत्रहरूमा अनुप काफ्लेले डिजिटल कथा वाचनबारे आफ्नो विचार साझा गर्नेछन्, टिकटक टिमद्वारा मोबाइल पत्रकारितामा मास्टरक्लास र भी-चित्रका स्वरुप न्हसिजुद्वारा आधारभूत भिडियो निर्माण कार्यशाला प्रस्तुत हुनेछ। अन्तमा, पत्रकारिताको भविष्यबारे सन्दीप नारवाणी र कुन्द दीक्षितबीचको छलफलसँगै कार्यक्रमको समापन हुने जनाइएको छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP