Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

इजरायलको आक्रमणमा गाजामा ६३ प्यालेष्टिनीको मृत्यु

 

 

काठमाडौँ : युद्ध रोक्ने घोषणा गरेको केही घण्टाभित्रै इजरायलले गरेको आक्रमणमा गाजामा कम्तीमा ६३ जना प्यालेष्टिनीको मृत्यु भएको छ।

बढ्दो भोकमरीका कारण चर्को आलोचना भएपछि इजरायलले गाजामा मानवीय सहायताका लागि भन्दै दैनिक १० घण्टा आक्रमण रोक्ने बताएको थियो। तर तोकिएको १० घण्टाभित्रै आक्रमण गरी प्यालेष्टिनी नागरिकको ज्यान लिएको हमासको दाबी छ । हिजो इजरायली सेनाले अल-मवासी, देइर अल-बलाह र उत्तरी तथा मध्य गाजामा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सैन्य गतिविधि रोक्ने बताएको थियो।

त्यो अवधिमा खाद्यान्न तथा औषधि बोकेका गाडीहरु जान दिने बताएको थियो। साथै इजरायलले केही भूभागमा आफैले जहाजमार्फत् खाद्यान्न खसालेको थियो। तर यहीबीचमा सैन्य गतिविधि बढेको र ६३ जनाको हत्या भएको हमासको दाबी छ। गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भोकमरीबाट मात्रै २ बालबालिकासहित ६ जनाको मृत्यु भएको बताएको छ। योसहित गाजामा भोकमरीका कारण मात्रै मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीले गाजाका प्रत्येक तीन बासिन्दामध्ये एक जनाले कयौँ दिनदेखि खाना खान नपाएको र लगभग ५ लाख मानिस चरम आद्य संकटमा फसकेको बताएको छ ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP