Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कपिलवस्तुमा बस र अटो ठोक्किँदा २ जनाको मृत्यु

 

 

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

शिवराज नगरपालिका–१ स्थित उमरीमा दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९० १३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१५४ नम्बरको ठोक्किँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये दुईको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्ने क्रममा अटोलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उमरीका ५० वर्षीय रितबहादुर सुनार र सोही पालिका वडा नम्बर ३ बलुवाकाकी १८ वर्षीया रविना रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटटाले जनाएको छ ।

दुवै जनाको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमा उपचार भइरहेको छ। बस र अटो चालक प्रहरी नियन्त्रणमा छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP