डा. सन्तोष गौतम
वैदिक ज्ञानलाई डिकाेड गरेर हेर्ने हाे भने यावत् ब्रह्माण्डीय ग्रह, पिण्ड तथा तारा र ग्रहपुञ्जहरू निरन्तर गतिशील रहन्छन्। उनीहरूलाई गतिपथ तथा अग्रगति प्रदान गर्ने शक्ति नै नाग हाे। जसरी बाटाेमा गाडीहरू कुद्छन् त्यसरी नै नागमा हरेक ब्रह्माण्डीय तत्व गतिशिल रहन्छ।
अर्थात् आकासमा जहाजहरूकाे बाटाे(रुट) भए जस्तै ब्रह्माण्डमा हरेक पिण्ड वा वस्तुकाे बाटाे (orbit) नै नाग हाे।
हाम्राे सूर्य (साैर्य परिवार)ले पनि पृथ्वी लगायत आफ्ना ग्रहहरूलाई साथ लिएर यस ब्रह्माण्डमा २३० कि.मि. प्रति सेकेण्डकाे गतिले यस आफ्नाे आकाशगंगाकाे यात्रा गर्छ।
हाम्राे पृथ्वीले पनि ३० कि.मि. प्रति सेकेण्डकाे गतिले सूर्यलाई परिक्रमा गर्दै अघि बढ्छ, यसका साथै पृथ्वी आफ्नाे दूरी (axis) मा १६७० कि.मि. प्रति घण्टाकाे गतिमा घुमिरहेकाे पनि हुन्छ।
त्यसै सुक्ष्म परमाणु भित्र पनि ईलेक्ट्राेन, प्राेटाेन र न्युट्राेन पनि आफ्नाे निश्चित गति पथ (orbit) मा रहेर घुमिरहन्छन। जस्ताे कि अक्सिजन परमाणुमा ८ वटा ईलेक्ट्राेन सदैब गतिशील भएर घुमिरहेका हुन्छन्। तर उनीरूलाई धारण गर्ने निश्चित बाटाेका कारण एक आपसमा कहिल्यै ठाेकिँदैनन् ।
वैदिक ज्ञान अनुसार याे हाम्राे पृथ्वीलाई वासुकी नागले धारण गरेकाे छ। यसलाई वसुधा भन्नुकाे कारण पनि यही हाे। अर्थात् पृथ्वी यही वासुकी नागमा गतिशील छ। हाम्राे साैर्य परिवार पद्म नागमा चलेकाे छ, हाम्राे ग्यालेक्सी (आकासगंगा) महापद्म नागमा अडेकाे छ।
ब्रह्मदेव र सरस्वतिकाे यहि पद्मासन छ अर्थात् यही पद्मनागकाे आसनमा सृष्टि र उत्तराेत्तर ज्ञान अवस्थित छ। यावत् नागहरू भगवान शिव नागेन्द्रहारी (अनन्त ब्रह्माण्ड)का गहना हुन् अर्थात यि नागहरू असीमित ब्रह्माण्डमा स्थित रहेका हुन्छन्।
याे असीमित गतिशील ब्रह्माण्ड ‘अनन्त नाग’ले चलायमान बनाउछ। अनन्त गतिको याे ‘अनन्त नाग’मा अन्तत: सबै नाग गति समाहित हुन्छन् यसर्थ यस नागलाई सबैकाे अन्तिम शेष वा अन्य नाग भन्दा बाँकी गतिपथकाे रुप ‘शेषनाग’’ नाम पनि उल्लेख गरेकाे पाईन्छ। भगवान विष्णु यहिँ शेषनाग (अनन्त नाग)मा रहन्छन् अर्थात् याे सम्पूर्ण ब्रह्माण्डमा भएका हरेक चेतना तत्त्व नै ‘नारायण’ तत्त्व हाे।
वैदिक वर्णन अनुसार विष्णुकाे नाभिवाट पद्म (कमलकाे फूल जस्ताे) निस्कन्छ र त्यसमा सरस्वती र ब्रह्मदेव बस्छन् पनि भनिएकाे छ।
स्मरणीय रहाेस: ब्रह्मदेव र सरस्वती देवीका अलावा अरु देवी देवताकाे आसन पद्म भनेर कतै उल्लेख छैन । यिनै उर्जा वा शक्ति तत्त्वलाई आधार, धारण र गति दिने शक्ति र बाटाे नै नाग हाे भन्न सकिन्छ।
यसरी नै हरेक उर्जा वा शक्ति तत्त्व लाई भगवान एवं देवि देवता मानेर रुप, गुण र कर्मका आधारमा नामाकरण गरिएकाे हाे। ग्रहकाे नामाकरण गर्ने युराेपियन तरिका पनि हाम्राे ग्रहहरूकाे नामाकरण गरिएका पात्र र चरित्र तथा कथा मिथकसँग मिल्दाे जुल्दाे नै छन्।
ब्रह्माण्ड उत्पत्ति अघिदेखिका उर्जा र शक्ति एवं त्यसपछि उत्पन्न उर्जा र शक्ति नै भगवान वा देवि देवताका रुप हुन् । ति आकासिय शक्तिहरू, सूर्य, ग्रह, तारा, ध्वनि, हावा, पानी, आगाे, माटाे , मन, अव्यक्त, बुद्धि, अहंकार, चेतना, यि सबै तत्व भगवानका रुप त हुन् ।
यसरी नै सबै शक्तिहरू क्रमशः अन्तमा नारायण तत्त्व (सम्पूर्ण ब्रह्माण्डकाे एक रुप)मा समाहित हुन्छन् अनि नारायण शेषनागमा आधारित हुन्छन् । शेषनाग (अनन्त गति) भगवान शिवमा आधारित छन् । भगवान शिव नै अनन्त शून्य तत्व हाे।
यसका अलावा यदि नाग सर्प जस्ताे जीव हाे भने त नाग माथि गरिएका अनेक वैदिक वर्णन र नागकाे भूमिका पूर्णत गलत ठहर्छ। नाग भनेकाे कुनै सर्प नभएर ब्रह्माण्डिय पिण्डहरूलाई गति दिने पथ हाे।
आधुनिक विज्ञानले खगाेलमा ‘ब्ल्याक हाेलहरू’ भनेर चिन्ने शक्ति शंख नागसँग समानता राख्दछ (जसमा वायु रुप प्रवेश गरेर ‘ध्वनि शक्ति’ निस्कन्छ)।
मुख्यतया हाम्राे वैदिक ज्ञान र अध्ययनले चिनेका र बुझेका नाग आठ प्रकारका छन्
१- अनन्त, २- वासुकी, ३- पद्म, ४- महापद्म, ५- तक्षक, ६-कुलीर, ७-कर्कट र ८- शङ्ख ।
मुख्य नागहरू आठ प्रकारका मानिए पनि यिनीहरूका अतिरिक्त ऐरावत, धनञ्जय , कालिय , मणिनाग, आपूरण , पिञ्जरक, एलापत्र, वामन , नील, अनिल, कम्बल, अश्वतर ,धृतराष्ट्र , कुण्डोदर , महोदर तथा असंख्य रुपमा नागका नामहरू भएको कुरा महाभारतमा उल्लेख छ । (-महाभारत/आदिपर्व)
नग अर्थात न जाने तथा स्थिर रहने वा बाटाे भन्ने अर्थमा ‘नाग’’ शब्दकाे अर्थ लाग्छ। यिनिहरू उत्तरोत्तर वृद्धि गति अर्थात् सर्पिल (spiral) गतिमा अगाडि बढ्छन्। ब्रह्माण्डिय हरेक पिण्डकाे आवरणमा रहेकाे विषाक्त तत्वहरूलाई यिनिहरूले पनि ग्रहण गर्दछन्।
पृथ्वीमा रहने सर्पहरूले पनि वायुमा रहेकाे विषाक्त तत्वलाई आहारा बनाउँछन्, जुन सर्पले वायुमा रहेका विषाक्त तत्व जति धेरै लिन सक्छ। त्याे सर्प त्यति नै विषालु हुन्छ। यिनिहरू सर्पिल (spiral) गतिमा अगाडि बढ्छन्।
यही समानताका आधारमा सर्पलाई नाग भन्ने गरिएकाे हुनुपर्छ। सर्पले हाम्राे वातावरण र याे ग्रहलाई जीवन्त र शुद्ध राख्न प्रमुख भुमिका अवश्य पनि खेलेकाे छ। सर्प जस्ता जीवहरूकाे संरक्षण पनि अति जरुरी छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया