काठमाडौं : हेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०८१ भित्र नेपाली भाषामा प्रकाशित कृतिहरुमध्येबाट प्रदान गरिने वार्षिक पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकहरुको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
२०३ पुस्तकमध्येबाट पहिलो चरणको मूल्याङ्कनपछि १५ वटा पुस्तकलाई उत्कृष्ट सूचीमा राखिएको थियो। तीमध्येबाट दोस्रो चरणको मूल्याङ्कनपछि पाँच उत्कृष्ट पुस्तकहरुको संक्षिप्त सूची तयार पारिएको बताइएको छ। निर्णायक मण्डलको सिफारिसमा सार्वजनिक गरिएको यस सूचीबाट नै यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
संक्षिप्त सूचीमा रहेका उत्कृष्ट पाँच पुस्तकहरू यस प्रकार छन्
१. उरमाल– आख्यान – छुदेन काविमो
२. छालाबाटो – गैर आख्यान – रमेश भुसाल
३. प्रणाम सगरमाथा – नियात्रा – भवानी खतिवडा
४. स्व – उपन्यास – सरस्वती प्रतीक्षा
५. हिउँको गीत – उपन्यास – तीर्थ गुरुङ
पुरस्कार विजेता छान्न समितिले यही सूचीबाट अन्तिम निर्णय लिने हेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया