Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भोक हड्तालमा बसेका मेयर भट्टराई अस्पताल भर्ना

 

काठमाडौं : आमरण अनशनमा बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन्। चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना हुनुभएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ।

तीन दिनसम्म भोकहड्तालमा बसेका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका थिए।

साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गरेका हुन्। हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उनले अनशनलाई निरन्तता दिइरहेका छन्। स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना भएका छन्। उनले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन्।

माइतीघर मण्डलामा आमरण अनशनमा रहेका प्रमुख भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियो। प्रहरी र प्रमुख भट्टराईको समर्थकहरुबिच भनाभनसमेत भएको थियो।

प्रमुख भट्टराईले बाँदर लगायत जङ्गली जनावारको नीतिगत व्यवस्थापन गर्नु पर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाइ कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरित्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनु पर्ने लगायतका माग प्रमुख भट्टराईले राखेका छन्।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP