काठमाडौँ : आगामी कात्तिक १७ गते रूपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको समय निर्धारण गरिएको छ। निर्वाचन आयोगले सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता गर्न सकिने जानकारी दिएको हो।
उपनिर्वाचनमा भाग लिन चाहेमा निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले कार्यालयमा समयभित्र दल दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ। २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का दीपक बोहोरा विजयी भएका थिए।
गएको चैत १९ गते बोहराको निधन भएपछि रिक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू जिल्लामा आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन्। राजनीतिक दलहरु जित्ने उम्मेदवारको खोजीमा रहँदा ‘स्वतन्त्र’ बाट धमाधम उम्मेदवारी घोषणा भइरहेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया