Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

 

 

काठमाडौँ : हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि दबाब दिन आमा पद्मा जोशी र बहिनी पुष्पा इजरायल प्रस्थान गरेका छन्। त्रिभुवन विमानस्थल हुँदै फ्लाई दुबईको विमानमार्फत उनीहरू त्यसतर्फ लागेका हुन् ।

उनीहरू सोमबार साँझ इजरायल पुग्नेछन्। त्यहाँस्थित नेपाली दूतावासले समन्वय गरी इजरायलको परराष्ट्र मन्त्रालयको जिम्मा लगाउने छ । सबै भेटघाट र व्यवस्थापन इजरायली सरकारले नै गर्ने इजरायलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले जानकारी दिए। इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लगेको हो।

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ। त्यहाँ रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसतिका उच्चपदस्थ नेताहरुसँग समेत भेटघाट गराउने तयारी छ। ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए। हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणमा कुल एकहजार २०० मानिस मारिएका थिए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP