Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

१० वर्षीय बालक उपचार आभावमा फलामे खोरमा

 

पाल्पा : पूर्वी पाल्पाको रामपुर नगरपालिकाका एक बालक उपचारको अभावमा फलामको खोरमा थुनिन बाध्य बनेका छन्।

जिल्लाको रामपुर–६, तिलकपुरका १० वर्षीय बालक पवन कुमाललाई बिहानदेखि साँझसम्म फलामे खोरमा थुनेर राख्ने गरिएको छ। जन्मँदै मानसिक तथा शारीरिक रूपमा अशक्त पवन एक वर्षदेखि दिनभर फलामे खोरमा थुनिँदै आएका हुन्।

बुवा कृष्णबहादुर र आमा पूर्णमाया कुमालका जुम्ल्याहा छोरामध्ये पवन जेठो छोरा हुन्। कान्छो पविन घरनजिकैको नवदुर्गा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।

आमा पूर्णामायाबाट जन्मिएको कान्छो छोरालाई विद्यालय पठाउँदै गर्दा अर्को छोरालाई बाध्यताले दिनभर खोरमा राख्नु परेको बताउछिन्।

पवनलाई एक वर्षको हुँदा खुट्टाको उपचारका लागि काभ्रेपलाञ्चोकको बनेपास्थित अपाङ्गतासम्बन्धी उपचार गर्न अस्पताल समेत लगिएको थियो। केही समय लगत्तै उनमा एक्कासि मुटुमा समस्या देखिएपछि मुटुको शल्यक्रिया समेत गरियो तर चिकित्सकले मस्तिष्कको समेत शल्यक्रिया गर्न सुझाव दिएका थिए।

आमा पुर्णमायाका अनुसार मस्तिष्कको शल्यक्रियाका लागि अनुमानित सात लाख रुपियाँ खर्च लाग्ने भएपछि आर्थिक अवस्थाका कारण उपचार गर्न नसकिएको परिवारको भनाइ छ।

बुबा कृष्णबहादुर अहिले वैदेशिक रोजगारीका क्रममा खाडीमा छन्। तर, उपचारको लागि पर्याप्त रकमको जोहो नहुँदा उपचारमा भने समस्या हुँदै आएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP