Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

टीकाराम र मालतीलाई तामाङ मिडिया अवार्ड

 

काठमाडौँ : पत्रकार टीकाराम तामाङ र मालती मोक्तानलाई तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ। तामाङ प्रसारण दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा तामाङ पत्रकार संघ संघीय समितिले पत्रकार तामाङ र मोक्तानलाई अवार्ड प्रदान गरेको हो।

पर्यटन बोर्डमा आयोजित समारोहमा दुई पत्रकारलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवार्ड हस्तान्तरण गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भाषागत समावेशिताले संघीयताको मर्मलाई सम्बोधन गरेको बताए। अरू क्षेत्रभन्दा सरकारी सञ्चारमाध्यममा समावेशी नीति रहेको उनको भनाइ छ।

राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, गोरखापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्मअनुसार संघीयतालाई सुदृढ बनाउने प्रयास भएको उनले बताए।

कार्यक्रममा तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले आफ्नो समुदायका पत्रकारको वृत्तिविकासमा सघाउन पुरस्कारको व्यवस्था गरिएको बताए। रेडियो नेपालमा पहिलोपटक तामाङ भाषाको समाचार प्रसारण भएको दिनलाई तामाङ पत्रकारहरूले तामाङ प्रसारण दिवसका रूपमा मनाउँदै आएका छन्।

वि.स.२०५१ साल भदौ १ गते पहिलोपटक तामाङ भाषाले प्रसारण क्षेत्रमा प्रवेश पाएको थियो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP