Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आईपीसीसीको सातौँ मूल्यांकन प्रतिवेदन : चुनिए नेपालका आठ वैज्ञानिक

 

काठमाडौँ : विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह (आईपीसीसी) सातौँ मूल्यांकन प्रतिवेदनका लागि नेपालका आठ वैज्ञानिक चयन भएका छन्।

सातौँ मूल्यांकन प्रतिवेदनको विभिन्न च्याप्टर लेखनका लागि लागि त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकद्वय डा. नारायण गैरे डा. सुदीप ठकुरी र छनोट भएका छन्। उनीहरू त्रिवि वातावरण विज्ञानका सहप्राध्यापक हुन् ।

यस्तै इसिमोडबाट डा. भूपेश अधिकारी र डा. अमिना महर्जन, फिम इटालीबाट डा. शोभा पौडेल, नेदरल्याण्डमा कार्यरत ग्रोनिङजेन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रज्ज्वल प्रधान, सीआईएमएमवाईटीबाट डा.टेक सापकोटा विभिन्न च्याप्टरको मुख्य लेखकको रूपमा छनोट भएका छन्। यस्तै आईपीसीका कार्यगत समूह १ का उपाध्यक्ष डा. महेश्वर रूपाखेती च्यापटर( ३ को रिभ्यू एडिटर चुनिएका छन्।

आईपीसीसीले निकाल्न लागेको विशेष प्रतिवेदनमा अरु दुई नेपाली अनुसन्धानकर्ता पनि संलग्न छन्। प्रा.डा.शोभाकर ढकाल जलवायु र शहर शीर्षकको प्रतिवेदनमा मुख्य लेखक चयन भएका छन्। डा. भूपेन्द्र दास इन्भेन्टोरी फर सर्ट लिब्ड क्लाइमेट फोर्सर्सका लागि मुख्य लेखक छन्।

जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक निकाय आईपीसीसीले जलवायु विज्ञानसम्बन्धी नयाँ विषयको जानकारी र जलवायु परिवर्तनले आगामी दिनमा विश्वमा पार्नसक्ने असरबारे व्याख्या गर्छ। संसारभरिका वैज्ञानिकहरूको स्वयंसेवी योगदानमार्फत आईपीसीसीले निकाल्‍न लागेको सातौँ प्रतिवेदन हो। यो प्रतिवेदन सन् २०२७ मा सार्वजनिक हुनेछ ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP