Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

त्रिविको कानुनमा रहेका त्रुटी सच्याउन माग

 

काठमाडौं : नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज तिमिल्सीनाले त्रिभुवन विश्वविद्यालय(त्रिवि)को कानुनमा रहेका त्रुटीहरू सच्याउन माग गरेको छन्। उक्त माग गर्दै हिजो(आइतबार)त्रिवि उपकुलपति प्राडा दीपक अर्याललाई उनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

त्रिविले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन नियम २०५० मा अघिल्लो संशोधनहरू नै गायब पारेर नियमावली प्रकाशित गरिएको उनको भनाइ छ।

‘यसका साथै त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा महिलालाई २३ प्रतिशत आरक्षण नभई ३३ प्रतिशत हुनुपर्ने माग राखेको छु,’उनले भने,‘स्ववियुमा विद्यार्थी संगठनको चुनाव चिन्ह लिई निर्वाचित भइसकेपछि संगठनको हित विपरीत कार्य गर्दा वा अनियमितता वा भ्रष्टाचारजन्य कार्य गर्दा निज संगठनको चुनाव चिन्ह मार्फत निर्वाचित व्यक्तिलाई संगठनले कारबाही गर्दा स्ववियुको निर्वाचित पद स्वतः रिक्त हुने गरि व्यवस्था गर्न लगायत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको कार्यशैली सुधार गर्न समेत ध्यानाकर्षण गराएको छु।’

उनले यी त्रुटीहरू तत्काल सच्याउन माग गरे। स्ववियुले स्ववियु कोषको रकम चरम अनियमितता, दुरुपयोग गर्ने गरेको भन्दै स्ववियुको परिचालनको लागि छुट्टै स्ववियुकोष परिचालन कार्यविधि निर्माण गरी स्ववियु कोष दुरुपयोग हुनबाट जोगाउन पनि उनले माग गरेका छन्।

‘त्रिविकाको गैरजिम्मेवार परीक्षा नियन्त्रक लगायत क्षेपनिकाका पदाधिकारी विभिन्न क्याम्पसका क्याम्पस प्रमुख लगायत प्राध्यापकका कारण वर्षेनी विद्यार्थीले दुःख पाउने वर्ष लस हुने नामथर रजिस्ट्रेसन नम्बर बिगारीदिएर सच्याउने नाममा विद्यार्थीबाट शुल्क असुल गर्ने प्राक्टिकल नम्बर ठिक ढङ्गबाट नचढाउने र विद्यार्थीलाई दुःख दिने गरेको मा नेपालको भौगोलिक विकटतालाई मध्यनजर गर्दै संवेदनशील र जिम्मेवार बन्न अनुरोध छ,’उनको ध्यानाकर्षण पत्रमा उल्लेख छ।    थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP