रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा गैरीगाउँस्थित वीरेन्द्र माविका ७ विद्यार्थीलाई अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ।
बिहीबार विद्यालयबाट घर फर्कँदै गरेका बेला ७ बालबालिकालाई घर नजिकैको तिला जंगलमा अरिंगालले टोकेको थियो।
शिशु कक्षाका ७ वर्षीय बालक मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो। गम्भीर घाइते बालबालिकाको उपचार भइरहेको छ। घाइतेलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा प्रहरीले जनाएको हो।
विद्यालयका प्रधानाध्यापक बरमन बुढाका अनुसार घाइते विद्यार्थीलाई तिलास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि सदरमुकामस्थित लिबाङ जिल्ला अस्पताल रेउघा ल्याइएको थियो।
घाइते भएर अस्पतालमा पुर्याइएकाहरूमा कक्षा १० की सुनिता परियार, कक्षा ५ का शंकर परियार, कक्षा ४ का मनिषा परियार, केजीमा पढ्ने कमल परियार र शिशुका आशिष परियार छन् । कक्षा ७ का आयुष परियारलाई भने घर फर्काइएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया