Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

 

रौतहट : रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक शनिबार राति एक शंकास्पद सुटकेशबाट महिलाको शव फेला परेको छ।

सडक किनारमा डोरीले कडाइका साथ बाँधिएको अवस्थामा देखिएको सुटकेश खोलेपछि भित्र महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

शव कसको हो भन्ने खुल्न बाँकी रहेको र परिचय खुलेपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रातिदेखि नै घटनास्थलमा परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक एसपी नेत्रमणि गिरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तीव्र पारिएको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको छ भने घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको छ। यसबारे थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP