Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

निजी विद्यालय सञ्चालकको दोस्रो चरणको आन्दोलन आजदेखि

 

 

काठमाडौँ : विद्यालय शिक्षा विधेयकको विरोधमा रहेका निजी विद्यालय सञ्चालकले आजदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै आन्दोलित बनेका निजी विद्यालय सञ्चालक सशक्त आन्दोलनमा जाने गरी आजबाट दोस्रो चरणका कार्यक्रम शुरु गर्न लागेका हुन्। प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था संयुक्त रुपमा आन्दोलनमा होमिएका छन्।

यी संस्थाले आज आज आन्तरिक तयारी, जुम मिटिङ लगायतका कार्यक्रम गर्ने, भोलि प्रतिनिधिसभा तथा प्रदेशसभा अगाडि धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। यसअघि यी संस्थाले पहिलो चरणको विरोध कार्यक्रम गरिसकेका छन्। निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा निजी विद्यालय आन्दोलित बनेका हुन् ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP