काठमाडौं : सुनको भाउ तोलको २ लाख नजिक पुगेको छ।
आइतबार नेपाली बजारमा सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया