Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

करिब ७० हजार मेट्रिक टन रासायनिक मल भित्रदै

 

काठमाडौँ : सरकारले अब मलको हाहाकार नहुने दाबी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आइतबार एक कार्यक्रममा भारतबाट मल आउने क्रममा रहेकाले अब किसानले सहजै पाउने बताए।

कति आउँदै छ मल ?
मन्त्रालयले जनाएअनुसार हाल ६९ हजार २२७ मेट्रिक टन मल भित्रिने क्रममा छ। कृषि सामग्रीले ४१ हजार २६० र साल्ट ट्रेडिङले २७ हजार ९६६ मेट्रिक टन मल ल्याउँदै छन्। युरिया ४ हजार ५८७ र डीएपी ६४ हजार ६३९ टन आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

हाल कृषि सामग्रीमा ३७ हजार २१० र साल्टसँग २० हजार ८६४ गरी कुल ५८ हजार ७४ टन मल मौज्दात छ। डीएपी २६ हजार ९९४ टन, युरिया २५ हजार ५० टन र पोटास ६ हजार २९ टन मौज्दात रहेको जनाइएको छ।

सरकारले चालू आर्थिक वर्ष २०८२।८३ मा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल भित्र्याउने लक्ष्य सहित २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। जसअनुसार हालसम्म ३ लाख ३७ हजार ५ सय टन मलको टेण्डर भइसकेको मन्त्रालयले जनाएको छ।

गत साउन एक गतेदेखि भदौ १२ गतेसम्म गत वर्षको मार्गस्थ परिमाणसमेत गरी सरकारले ९४ हजार ५५१ मेट्रिक टन मल भित्र्याइसकेको छ, जसमध्ये ५६ हजार २५१ टन कृषि सामग्री र ३८ हजार ३०० टन साल्टले खरिद गरी ल्याएका हुन्।

सरकारले अनुदानको मलका लागि छुट्याएको बजेटअनुसार कृषि सामग्रीले ७० तथा साल्टले ३० प्रतिशत मल खरिद गरी आपूर्ति गर्दै आएका छन्। स्वदेशमै रासायनिक मल उत्पादन नहुने भएकाले बाह्य मुलुकबाट अर्बौं रुपैयाँ खर्चेर मल भित्र्याउनुपर्ने बाध्यता छ। तर किसानले समयमा, पर्याप्त मल पाउन नसक्दा वर्षेनि मलको हाहाकार मच्चिने गरेको छ।

देशभर बर्षभरी लाई करिब १३ लाख मेट्रिक टन मलको आवश्यकता रहेको सरकारी अनुमान छ। त्यसमध्ये २ लाख ५० हजार टन युरिया, डीएपी र पोटास जेठदेखि भदौसम्म वर्षे धान, मकै लगायतका बालीमा खपत हुन्छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP