भोजपुर : हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर आम्दानी गर्दै आएका छन्। परम्परागत पुर्ख्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत बनेको छ।
होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन्। स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन्। अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ। दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ।
यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन्। नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा राईले बताइन्। आफ्ना घरका सबै परिवार नै नाङ्लो बुन्ने गरेको उनी बताउँछिन्। एक महिनामा १५० वटासम्म नाङ्लो बुन्ने गरेको उनको भनाइ छ। नाङ्लो बिक्रीबाट वार्षिक २ देखि तीन लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ। बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा ११० देखि १२० रुपैयाँसम्म बिक्री हुने उनको भनाइ छ।
“घरका सबै परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ। घरबाट नै बिक्री हुन्छ। यसको बिक्रीबाट वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भनिन्।
हतुुवागढी–६ होम्ताङको साविक–१ को लङ्खाका करिब ७५ घर, साविक २ का विथारा १६५ घर, साविक ३ लुम्बुवा १३५ घर र हालको हतुवागढी–५ साविक ४ सोयागाउँका करिब ४० घरपरिवारले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएको हतुवागढी–६ का स्थानीय नाङ्लो व्यवसायी राजेन्द्र राईले बताए।
व्यापारीले भारतसँगै पश्चिम नेपालका विभिन्न ठाउँमा पठाउने गरेको उनको भनाइ छ थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया