Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काठमाडौँमा कायमै छ डेङ्गुको जोखिम

 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ। पछिल्लो समय कामपाको ३२ वटै वडामा डेङ्गुका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ।

भदौदेखि आगामी कात्तिकसम्म डेङ्गु सङ्क्रमणको जोखिम बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो। पछिल्लो समय कामपा डेङ्गु सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै नगरपालिकाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए।

भुसालका अनुसार, स्थानीय सरकार वा केन्द्रीय सरकारले उक्त रोग नियन्त्रणका लागि यो गरे वा गरेनभन्दा पनि प्रत्येक नागरिकले घरघरबाट डेङ्गु सङ्क्रमण नियन्त्रणको लागि पहल गरे ठूलो समस्याको सामना गर्नु पर्दैन। त्यसैले यसको लागि नागरिक आफैँ पनि जिम्मेवार बन्न आवश्यक छ।

भुसालका अनुसार कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने काम समेत भइरहेको छ। कामपाले यसअघिबाट नै लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ। पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान जारी राखिएको भुसालले जानकारी दिए।

डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ। ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेङ्गुको लार्भा छन्। घरभित्र नै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ’, भुसालले भने, ‘सामान्य जानकारी नहुँदा डेङ्गु फैलिरहेकाले छ। यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सबैभन्दा उत्तम हुन्छ।’ त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिकामार्फत डेङ्गु नियन्त्रणका लागि सचेतनाको कार्यक्रम गरिसकेको महानगरले जनाएको छ।

डेङ्गु भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। यो लामखुट्टे सफा पानी जमेको स्थानमा फूल पार्छ। विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP