Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

युवा र किशोरमा बढ्दो सुर्तीजन्य पदार्थ सेवन

 

काठमाडौँ : नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट वार्षिक ३९ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।

मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको प्रमुख कारकतत्वलाई चुरोट,बिडी गाँजा जस्ता सुर्तीजन्य पदार्थको सेवनलाई लिइने भए पनि सरकारले यस्ता सुर्तीजन्य पदार्थको बेचबिखन तथा यसमा लाग्ने करलाई बढाउन सकेको छैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बढ्दो नसर्ने रोगहरूको प्रमुख कारणलाई सुर्तीजन्य पदार्थ सेवनलाई प्रमुख कारकतत्त्व मान्दै आएको छ भने यसको नियन्त्रणका लागि यस्ता सुर्तीजन्य पदार्थलाई करको दायरामा ल्याउनुपर्ने बताउँदै आएको छ।

नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोग घटाउन नेपाल जस्तो मुलुकले यसमा लाग्ने करको दर कम्तिमा ७५ प्रतिशत पुर्‍याउनुपर्ने डब्लुएचओले बताउँदै आएको छ। हाल नेपालमा सुर्तीजन्य पदार्थमा ३५ प्रतिशत मात्रै कर लगाउँदै आएको छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले भने‚ ‘नसर्ने रोग नियन्त्रण र यसको उपचारमा पर्ने आर्थिक भारलाई कम गर्ने भनेकै नसर्ने रोगहरूको प्रमुख कारकतत्त्व मानिएको सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण हो र यसको नियन्त्रण गर्ने प्रमुख उपाय भनेको सुर्तीजन्य पदार्थमा करको दर बढाउने हो तर हाम्रोमा त्यो हुन सकेको छैन।’

डा गुरुङले भने‚ ‘हामीले लामो समयदेखि सरकारलाई सुर्तीजन्य पदार्थमा कर बढाउ बढाउ भनेका छौँ तर यो भएको देखिदैन, कर बढाउँदा एक यसको प्रयोगमा कमी आउँछ भने अर्कोतर्फ सरकारले राजस्व पनि धेरै उठाउँछ।’

तर सुर्तीजन्य पदार्थ उत्पादन तथा आयत गर्ने ठूला उद्योगहरूको पहुँचले गर्दा सुर्तीजन्य पदार्थमा कर बढ्न नसकेको उनले बताए।

स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी फोकल पर्सन वरिष्ठ जनस्वास्थ्य अधिकृत उपेन्द्र ढुंगानाले पछिल्ला वर्षहरूमा युवा उमेर समूहका र किशोर किशोरीहरू नै धेरै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको र यसले भविष्यमा झनै नसर्ने रोग बढ्ने जोखिम बढाएको भन्दै बेलैमा सबै सरोकार निकायहरू सचेत हुनुपर्ने बताउँछन्। किशोर किशोरीहरू विद्युतीय चुरोट धेरै प्रयोग भएको भन्दै जस्तो प्रकारको चुरोट खाए पनि धुवाँजन्य पदार्थले असर गर्ने हुँदा यसलाई गम्भीरताका साथ लिनुपर्ने ढुंगानाले बताए।

वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाले भने‚ ‘पछिल्ला वर्षहरूमा युवा पुस्ता र किशोर किशोरीहरूले नै सुर्तीजन्य पदार्थ अत्यधिक प्रयोग गरेको पाइएको छ। यसले हाम्रोमा भविष्यमा नसर्ने रोगहरूको भार झन् बढ्दै छ भनेर पनि देखाउँछ। त्यसैले सबै सरोकार निकायहरू यसको नियन्त्रणमा बेलैमा सचेन हुन आवश्यक छ।’  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP