काठमाडौं : अन्तरिम सरकार गठनका लागि छलफल भइरहेका बेला जंगी अड्डामा जेनजीहरूबीच नै लफडा भएको छ। पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको नाममा असहमति जनाउने र सहमति जनाउने युवाहरूबीच झडप हुँदा केही घाइते भएका छन्।
अहिले नेपाली सेनाले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ। अहिले माइतीघर भद्रकाली सडकमा कडाइ गरे पनि जंगीअड्डा बाहिर युवाहरूबीच कुटाकुट भएको छ। भित्र वार्ता पनि चलिरहेको स्रोतले जनाएको छ। वर्तमान राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।
जेन–जीको एक समूहको विज्ञप्तिमा भ्रष्टाचारको अन्त्य, बेथिति नियन्त्रण र सुशासन कायम गर्ने आन्दोलन अभूतपूर्व सफलताको नजिक पुगेको छ र जेनजी समर्थित अन्तरिम मन्त्रिपरिषद् गठन भएसँगै यसको निष्कर्ष आउने जनाएको छ।
जेन–जी नेपालको विज्ञप्तिमा भनिएको छ,’प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवार मानिएको भए पनि उनले यस प्रक्रियामा रूची नदेखाएका कारण विकल्प खोजिएको हो, त्यस्तै, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको छ।’
पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा हिजोको भर्चुअल छलफलमा समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ।
यसपछि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङको नाममा सकारात्मक सहमति बनेको र उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा पठाउने निर्णय गरिएको जेनजी नेपालको विज्ञप्तिमा भनिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया