काठमाडौं : कारागार प्रशासन, नख्खुले कारागार तोडेर भागेका सबै कैदीबन्दीहरूलाई सम्पर्कमा आइ कारागारमा फर्किन आग्रह गरेको छ। कारागार प्रशासन नक्खुले आज सूचना जारी गर्दै तत्काल फर्किन आग्रह गरेको हो।
सूचनामा भनिएको छ,‘भदौ २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपिलमार्फत हार्दिक अनुरोध गर्दछौं।’
प्रशासनले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने भएकाले यस सम्बन्धमा सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन पनि आग्रह गरेको छ।
‘अतः विधि, कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरून्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुऱ्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई यसै सूचना मार्फत औपचारिक रूपमा अपिल गरिन्छ । साथै सम्पर्क हुन नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानून बमोजिम भै जाने ब्यहोरा अवगत गराइन्छ,’सूचनामा उल्लेख छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया