काठमाडौं : मधेसको प्राचीन मिथिला क्षेत्रका थारुलगायतका महिलाहरुले आज जितिया पर्वको व्रत समापन गरेका छन्।
अस्ति राति ‘ओगटन’ अर्थात् दर खाएसँगै महिलाहरुले सुरु गरेको निराहार व्रत आज बिहान समापन गरेका हुन्।
पितृपक्ष सोह्रश्राद्धमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत संकल्प गरेर चोखोनिधो खाने, अष्टमीका दिन निराहर व्रत बस्ने र नवमीका दिन व्रत समापन गर्ने प्रचलन छ।
यो पर्वमा बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन्।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया