Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अझै टुंगो लागेन दशैँका लागि अग्रिम टिकट बुकिङ

 

काठमाडौं : यस वर्षको दशैँ आउन अब एक हप्ता मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। तर,हालसम्म पनि दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छैन।

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ। ‘जेनजी’आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेशा व्यवसायमा संलग्न हुन थालेका छन्।

लामो र छोटो दूरीका सार्वजनिक यातायात गत शुक्रबार देखि चल्न थालेका छन्। तर,अग्रिम टिकट भने खुलाइएको छैन। जेनजी आन्दोलनले गर्दा पनि यसमा असर पुगेको छ। यसअघि यातायात व्यवसायी र सरकारबीच भदौको २९ गतेबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरी करिब करिब सहमति भएको थियो।

तर,जेनजी आन्दोलनका कारण रोकियो। आन्दोलन रोकिएपछि हिजो(शनिबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीहरूबीच छलफल भएको थियो। उक्त बैठकले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ।

तर,छलफलपछि अग्रिम टिकटबारे निर्णय हुन सकेन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उक्त बैठकले एक सातादेखि काठमाडौंमा रोकिएका यात्रुहरूलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्‍याउने निर्णय गरेको जानकारी दिए।

उनले भने,‘उक्त छलफलमा पहिलो प्राथमिकतामा काठमाडौं उपत्यकामा रोकिएको यात्रुहरूलाई उनीहरुको गन्तव्यमा पुर्‍याउने कुरा भयो,अग्रिम टिकटबारे भने निर्णय हुन सकेन।’

उनका अनुसार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुने र त्यसपछि टिकटबारे निर्णय लिइने छ। हरेक वर्ष दशैँ मनाउन काठमाडौं उपत्यकाबाट करिब २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP