Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जेनजी आन्दोलन प्रभाव : यो दशैँमा खसीबोका र च्यांग्रा नल्याइने

श्याम राई

काठमाडौं : सरकारले यस वर्षको दशैँको लागि खसीबोका र च्यांग्रा नल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले खसीबोका र च्यांग्रा ल्याउने तयारी थालिसके पनि जेनजी आन्दोलनका कारण नल्याउने भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने निर्णय गरिसकेको थियो। तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी थियो। यस्तै,यस वर्ष कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै ‘प्रि बुकिङ’ गर्न सकिने व्यवस्था पनि गरेको थियो।

तर,भदौँ २३ गते र २४ गते सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलन भयो। आन्दोलन झनै चर्किएपछि चार दिनसम्म देशभर नै निषेधाज्ञा र कर्फ्यु जारी भयो। यही कारण दशैँको लागि सम्बन्धित ठाउँबाट खसीबोका र च्यांग्रा ल्याउन नपाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले जानकारी दिए।

उनका अनुसार गाउँमा खसीबोका र च्यांग्रा संकलन कार्य नै हुन सकेन। उनले भने,‘खसीबोका,च्यांग्रा ल्याउन गाउँमा कलेक्सन गर्नै पाइएन,स्थानीय तहसँग समन्वय गर्न पाएनौँ,किन भने कतिपय स्थानीय संरचना नै आन्दोलनमा जलेका छन्,त्यसैले समय नभएकाले यो वर्ष ल्याउन नसक्ने भयौँ। ’

उनले ल्याएर पनि यहाँ व्यवस्थापन गर्न समस्या हुने देखिएको जानकारी दिए। ‘गाउँगाउँबाट संकलन गरेर यहाँ ल्याएर मात्र भएन,’उनले भने,‘दानापानी दिनुपर्‍याे,घास चाहिन्छ,तर अहिले यो परिस्थितिमा व्यवस्थापन गर्न समस्या छ,भोलि ल्याएर फेरी यहाँ आन्दोलन जस्ता कार्यले दाना पानी दिन सकिएन भने विजोग मात्रै हुन्छन्।’

यद्धपी याे अन्याैलताबीच प्रयास भने गरिने उनले जानकारी दिए। ‘हामीसँग कम समय भएपनि प्रयास चाही गर्छौ,ढुवानी हुन सक्यो भने ल्याउँछौँ,नभए यस वर्ष खसीबोका,च्यांग्रा विक्री हुँदैन,’उनले भने।

जेनजी आन्दोलन उग्र बनेपछि ठूलो मानवीय क्षतिसँगै अधिकांश सरकारी भवन र व्यक्तिगत लगानीका भवन,होटल,सुपर मार्केटमा क्षति पुगेको छ। ठूलो सत्ता साझेदारीकै सरकार ढलेपछि यतिखेर प्रथम महिला प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको सरकार बनेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको दशैँमा करिब दुई हजार खसीबोका र च्यांग्रा काठमाडौं उपत्यकामा ल्याएको थियो। कम्पनीले २०८० को दशैँमा पनि करिब दुई हजार खसीबोका ल्याएको थियो तर अपेक्षित बिक्री हुन सकेन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएका च्यांग्रा छठसम्म ४७ वटा नबिक्दा कुकुरले मारेको थियो।

आजदेखि सहुलियत पसल सञ्चालन

सरकारले आजदेखि चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल भने सञ्चालन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गरेको हो।

खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन्। कम्पनीले उपत्यकामा देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने जनाइएको छ।

कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तुु बिक्री सुरु गर्ने छ। विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपैयाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपियाँ छुट हुने छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार कम्पनीले अनलाइन अर्डरमार्फत होमडेलिभरीको व्यवस्था गरिएको छ। यस वर्षको दशैँ आउन अब एक हप्ता मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। १३ गते फुलपाती परेको छ भने १६ गते विजय दशमी टिका परेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP