राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फाँसीवाद-विरोधी अभियान चलाइरहेको एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् ट्रम्पले उक्त समूहलाई आतंकवादी समूह घोषणा गरेको जानकारी दिएका हुन्।
एन्टिफा वाम विचारधार बोक्ने समूह हो। यसले नव नाजीवाद, नवफाँसीवाद, ह्वाइट सुप्रिमोसिस्ट अर्थात् गोराहरुको श्रेष्ठता तथा नश्लीय विभेदको विरोध गर्दै आएको छ। युरोपका केही देशका साथै अमेरिकामा यो समूह सक्रिय छ। एन्टिफाका सदस्यहरूले कालो पोशाक तथा हेलमेट वा मास्क प्रयोग गरेर प्रदर्शन गर्ने गरेका छन्। जसबाट उनीहरूको व्यक्तिगत पहिचान लुक्ने गरेको छ।
ट्रम्पले उक्त समूहलाई आतंकवादी घोषणा गर्दै सहयोग गर्ने संस्थाहरूमाथि पनि निगरानी बढाउने र कडा कारबाही गर्ने चेतावनी दिएका छन्। यसैबीच अमेरिकाको पेन्सिलभेनिया राज्यमा गोलाबारी हुँदा तीन प्रहरी अधिकारी मारिएका छन्। दुईजना गम्भीर घाइते भएका छन्। एउटा घटनाको छानबिन गरिरहेको प्रहरीमाथि गोली प्रहार भएको हो। पेन्सिलभेनियाका स्टेट पुलिस कमिश्नर क्रिस्टोफर पेरिसका अनुसार गोली चलाउने व्यक्ति प्रहरीको जवाफी कारबाहीमा मारिएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया