काठमाडौँ : इन्टरनेट सेवा प्रदायक भायानेटले यो वर्षको दशैँलाई लक्ष्य गरी लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैँमा विशेष योजना ल्याउने भायानेटले यो पटक अझै ठूलो अफर ल्याएको जनाएको छ।
यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत ३ हजार पर्ने मेस राउटर ५०० छुटसहित २ हजार ५०० मा उपलब्ध हुनेछ। त्यस्तै १०हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित ८ हजार २९९ मा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७ हजार ९९९ मा किन्न सकिनेछ।
यससँगै, ८ हजार ४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 मा ३०० रुपैयाँ क्यासब्याक पाउनेछन्। साथै, ग्राहकले Spin the Wheel मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन्। यो स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिने भायानेटले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया