Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ

 

काठमाडौँ : बडादशैँ नजिकिएसँगै काठमाडौँबाट बाहिरिने गन्तव्यको हवाई भाडा महँगिएको छ। वायुसेवा प्रदायकहरूले न्यूनतम मूल्यमा हवाई टिकट बेच्न छोडेका छन्। विमान कम्पनीहरूले अधिकतम मूल्यमै टिकट बिक्री गर्न थालेपछि यात्रु मारमा परेका छन्।

आज धनगढीका लागि कुनै उडान छैन। भोलि र पर्सी १६ हजारभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। मंगलबार भने न्यूनतम १२ हजार रुपैयाँ टिकट मूल्य अनलाइन टिकट बिक्री गर्ने प्लेटफर्मले देखाएका छन्। दशैँमा काठमाडौँबाट धनगढी जाने यात्रुको संख्या धेरै हुने भएकाने टिकट अचाक्ली महँगो भएको हो। यता, धनगढीबाट काठमाडौं आउन भने सात हजार आसपासमै टिकट पाइन्छ।

शनिबार धनगढीबाट काठमाडौं आउन ६ हजार ९०० रुपैयाँमा टिकट पाउन सकिन्छ। सम्पन्न वर्गले मात्र हवाई यात्रा गर्नसक्ने अवस्था आउँदा बिरामी लगायत अत्यावश्यक कामका लागि ओहोरदोहोर गर्ने सर्वसाधारले मारमा परेको गुनासो गरेका छन्। धनगढी मात्र होइन काठमाडौंबाट सुर्खेत सामान्य अवस्थामा साढे सात हजार रुपैयाँमा पुग्न सकिन्थ्यो। अहिले भने १० हजार रुपैयाँभन्दा कम मूल्यमा टिकट उपलब्ध छैन। काठमाडौँदेखि भद्रपुरको भाडा सात हजार आसपास पुगेको छ। जबकी भद्रपुरबाट काठमाडौं पाँच हजार ७०० रुपैयाँमै आउन सकिन्छ।

काठमाडौं–नेपालगञ्ज रुटमा पनि दुईदेखि तीन हजारसम्म टिकट मूल्य बढेको छ। पाँच हजार चार सयै काठमाडौं आउन सकिने भए पनि नेपालगञ्ज जान भने आठ हजार ३०० रुपैयाँसम्म तिर्नुपर्छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP