Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते

 

जुम्ला : जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्।

भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानीय बासी दलबिर रोकायाले बताए। उनका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ।

गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको रोकायाको भनाइ छ। स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो। आक्रमणको क्रममा गाई गोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन्।

घटनापछि गाउँमा त्रास फैलिएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP