काठमाडौं : सुर्खेतमा डेंगु संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। केही दिनदेखि ज्वरो र स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा रहेकी सपना पोखरेल खड्काको मंगलबार मृत्यु प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ।
हाल सुर्खेत लगायत कर्णालीका विभिन्न जिल्लामा डेंगुको संक्रमण तीव्र गतिमा फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय अस्पतालमा उपचाररत डेंगु संक्रमितको संख्या उल्लेख्य बढ्दै गएको छ।
चिकित्सकहरूले डेंगु संक्रमणलाई सामान्य नठान्न र लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन सुझाव दिएका छन्।
त्यस्तै, घर वरिपरिको पानी जम्ने ठाउँ हटाउने, सरसफाइमा ध्यान दिने र लामखुट्टे नियन्त्रणका उपायहरू अपनाउन पनि आग्रह गरिएको छ। सार्वजनिक स्वास्थ्य विज्ञहरूले समयमै नियन्त्रणका उपाय नअपनाए थप ज्यान जोखिममा पर्ने चेतावनी दिएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया