काठमाडौँ : बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन् ।
बिहीबार बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्। चार सडकखण्ड एकतर्फी सञ्चालन छन्।
चितवनको इच्छाकामना गाउँपालिका- ५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक सडक पूर्णरूपमा बन्द छ।
कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका- ४ बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
बाढीका कारण रसुवाको गोसाइकुण्ड गाउँपालिका(२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका- ४ काँडाबगरमा पनि सडक पूर्णरूपमा अवरुद्ध छ।
रसुवाको उत्तरगया–५ स्थित गल्छी त्रिशुली–मैलुङ स्याफ्रु सडक, बागलुङ १३ कालाखोलास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको विनयी त्रिवेणी- २ विश्वकर्मा मन्दिरस्थित पूर्वपश्चिम राजमार्ग र विनयी त्रिवेणी २ कै पैसठ्ठीमोडस्थित पूर्वपश्चि राजमार्ग एकीतर्फी सञ्चालनमा छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया