काठमाडौं : काभ्रेस्थित सुनकोशी नदीमा खसेर दूध संकलन गर्ने भ्यान बेपत्ता भएको छ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान बा ४२ च ६५९४ नम्बरको भ्यान नदीमा खसेको थियो। भ्यान पनौती नगरपालिका–१० का नवराज खुलालले चलाएका थिए।
उनी पनि भ्यानसँगै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।
चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै थियो। घटनापछि नेपाल प्रहरी र नेपाली सेना खोजतलासमा खटिएको छ । अहिलेसम्म थप कुनै जानकारी प्राप्त नभएको खरेलले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया