काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ।
यो योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन्।
यो योजनामा ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्।
यो योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिना देखि अधिकतम् २ वर्ष सम्मको लक्ष्य राख्नुपर्ने हुन्छ।
ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति व्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।
यो योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको वित्तीय व्यवस्थापन गर्न सक्नेछन्।
मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ। साथै ग्राहकले आफुले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न सक्नेछन्।
यो योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ। राउण्ड अप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन्।
यो राउण्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प रहेका छन्। यो राउण्ड अप सुविधा ग्राहकले आफनो आवश्यकताअनुरूप सक्रिय तथा निस्क्रिय गर्न सक्नेछन्। साथै विकल्प पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया