Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र

 

काठमाडाैं : दशैँ सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को लागेको छ । काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडिबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडी कुरेर बसिरहेका देख्न सकिन्छ ।

दशैँमा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ । दशैँ नेपालीहरूको महान चाड भएकाले पनि काठमाडौंलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरू आफ्नो गाउँ फर्किरहेका छन् ।

विपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरू गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ ।

तर केही सडकखण्डहरूमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ ।

विगतका वर्षहरूमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिल्यै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहे पनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए ।

केही यात्रुहरूले रिजर्भमा गएका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP