काठमाडौं : पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताएका छन्।
आन्तरिक पर्यटकहरू पनि जेनजी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उनको भनाइ छ। बाह्य पर्यटकहरू नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताए।
पर्यटन क्षेत्र जेनजी आन्दोलनसँगै सुस्ताएको उनको भनाइ छ। उनकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरू सय भन्दा बढी हुने गरे पनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरूले काम पाएका छैनन्।
तिहारपछि अझै ठूलो आन्दोलन हुने डरले मानिसहरू बाहिर ननिस्किएको बताए। उनले यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउनुपर्ने कुरामा यातायात व्यवसायीहरू सचेत रहेको बताए। चर्को भाडा नलिने र ओभरलोड नहुने कुराको ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन चलाइरहेको बताए। उनले काउण्टरमा गएर मात्रै टिकट काटिदिन यात्रुहरूसँग आग्रह गरे।
अध्यक्ष साईले यात्रुहरूसँग विगतकै भाडादरमा भाडा लिइरहेको बताए। यात्रुहरूसँग तोकिएको भाडादर भन्दा बढी लिएको पाइए कारबाही गर्ने चेतावनी दिए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया