काठमाडौं : शुक्रवार रातीदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ।
शुक्रवार, शनिवार र आइतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो। जसमध्ये मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टले बताए। उदयपुरमा २२ जना सवार हाइसको दुर्घटना भएको थियो।
हाइस जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो। २२ मध्ये २१ जनाको उद्धार गरिए पनि एक जनाको खोलाले बगाउँदा ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए। इलाममा एक जना गर्भवती महिलाको उद्धार गर्नका लागि हेलिकप्टर पठाइएको जानकारी दिए। उदयपुरको गिरेबी खोलामा केही मानिसहरू डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए। समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरेको बताए।
उनकाअनुसार मनसुन अहिले पूर्वतिर सक्रिय भएको छ। पूर्वतिर बिहानैबाट पानी बढी पर्न थालेको र विस्तारै कम हुँदै गएको बताए। पाँच वटा ठूला नदीहरूमा नै बाढीको जोखिम रहेको बताए। यातायातको बन्दको निर्णयलाई पूर्ववत नै राखिएको जानकारी दिए।
विपद्को जोखिम अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे। पहिरो र बाढीको जोखिम अझै बाँकी रहेकाले लामो दूरीको यात्रा नगर्न आग्रह गर्नुभयो। वर्षा कम भएसँगै सडक सञ्जाल सञ्चालन र विद्युत क्षेत्रको अवरुद्धता हटाउनु नै पहिलो प्राथमिकतामा रहने बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया