रौतहट : शनिबार बिहानैदेखि निरन्तर परेको अविरल वर्षाका कारण रौतहटका किसानहरूको ठूलो क्षति पुगेको छ। धान पाक्ने बेलामा हावाहुरी र वर्षा एकसाथ परेपछि धेरै किसानको धान खेतमै ढलेको हो, जसले आगामी दिनमा अन्न नष्ट हुने जोखिम बढाएको छ।
चन्द्रपुर र वृन्दावन नगरपालिकाभित्र मात्रै सयौं बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धान वर्षा र हावाहुरीका कारण ढलेर पानीमा डुबेको स्थानीय किसानहरूले बताएका छन्। खेतमा पानी जमेकाले धान कुहिने, अंकुर फूट्ने र उत्पादनमा ठुलो ह्रास आउने आशंका गरिएको छ।
वृन्दावन–५ का किसान हरिशचन्द्र यादवले भने, ‘धान पहेँलपुर भएर काट्ने बेला थियो, तर यो वर्षाले सबै खेतमा पानी जम्मा गरिदियो। धान ढल्यो, अब कुहिने डर छ।’
जिल्लाको गढीमाई, गरुडा, कटहरिया, राजदेवी, गौर, इसनाथ, दुर्गा भगवती, यमुनामाई लगायतका क्षेत्रका खेतहरूमा समेत वर्षाको पानी यति धेरै जम्मा भएको छ। कतिपय ठाउँमा खेत नै नदेखिने अवस्था बनेको छ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार, हालसम्म किसानको कुल क्षतिको विवरण आउन बाँकी छ। ‘स्थानीय तहहरूले विवरण संकलन कार्य जारी राखेका छन्। साँझसम्म प्रारम्भिक विवरण आउन सक्छ।
लगातारको वर्षाका कारण खेतमा पानी नघट्दा धानमाथि रोग लाग्ने, पराल कुहिने र अन्न गुणस्तर घट्ने सम्भावना रहेको कृषिविद्हरू बताउँछन्। अविरल वर्षाले रौतहटमा सडक, बस्ती, इन्टरनेट सेवा र बजार क्षेत्रहरू पनि प्रभावित बनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया