Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाढीबाट सबैभन्दा बढी घर परिवार विस्थापित

 

अविरल वर्षासँगै मोरङका विभिन्न खोलामा आएको बाढी बस्तीमा पस्दा केही परिवार विस्थापित भएका छन् भने मानवीय क्षति भएको छैन ।

बाढीबाट सबैभन्दा बढी घर परिवार विस्थापित विराटनगर महानगरपालिकाका रहेको मोरङ प्रहरीले जनाएको छ । विराटनगरको पूर्व र पश्चिम क्षेत्र हुँदै बग्ने सिंघिया र केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७६ परिवार विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार यस बाहेक जिल्लाका अन्य स्थानमा त्यस्तो संख्यामा विस्थापित नभएको र हालसम्म मानवीय क्षति भएको छैन ।

 

प्राकृति विपद्बारे पूर्व जानकारी भएको हुँदा हामीले हाम्रासबै प्रहरी युनिटलाई सजक र तैनाथी अवस्थामा राखेका थियौं, डिएसपी चुँडालले भनिन्, ‘जिल्लाका हरेक युनिटका प्रहरीहरु सक्रियताका साथ बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्नका लागि खटिएका छन् । प्रहरीले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा सार्ने, घरमा भएका सरसामान, चौपायालगायत महत्वपूर्ण वस्तुहरुलाई सकेसम्म सुरक्षित राख्ने काम गरिरहेका छन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सहयोग गरेका छन् । बाढीबाट विस्थापित भए पनि उहाँ सुरक्षित स्थानमा हुनुहुन्छ । हामीसँग भएका साधनस्रोतको प्रयोग गरी काम भइरहेको छ ।’

केसलिया खोलामा आएको बाढी विराटनगर– १२ बखरीको सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ बन्दै गरेको उद्योगमा राखिएको छ । विराटनगर– ५ शंकरबारी टोलमा केसलिया खोलाको बाढी २० वटा घरमा पसेको छ । त्यो घरका परिवारका ७० जना आफन्तको घरमा शरण लिएका छन् ।

सिंघिया खोलामा आएको बाढी विराटनगर–२ पूर्वटोलामा पस्दा ३५ घर डुबानमा परे । ती घरका १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर–८ को सुकुम्बासी बस्तीमा सिंघिया पस्दा ११ घरका ४० जना विस्थापित भए भने उनीहरु आफै सुरक्षित स्थानमा सरेका छन् ।  वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP