Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अन्य महिना भन्दा असोज महिनमा अत्याधिक वर्षा

 

काठमाडौं : २०८२ सालमा सरदर भन्दा बढी वर्षा हुने अनुमान मौसमविद्हरूले गरेका थिए। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार वर्षा यामका अन्य महिना भन्दा असोज महिनमा अत्याधिक वर्षा भयो।

देशभरका पाँच स्थानमा वर्षाले रेकर्ड ब्रेक ग¥यो। इलामको इलाम गाउँ, इलामकै इलाम टि—स्टेट, पर्साको वीरगञ्ज र रौतहटको गौरमा अति उच्च वर्षा भयो। जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो। यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो।

तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भयो। दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो। गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ। वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ। यसअद्धि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै इलामकै इलाम टि—स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ। यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। यि चार वटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो।

८ हजार ५ सय ९५ परिवार प्रभावित

यस वर्षको वैशाख १ गतेदेखि असोज २० गतेसम्म विपद् सम्बन्धी ४ हजार १ सय ६४ वटा घटना भएका छन्। जसमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्। त्यस्तै घाइते १ हजार १ सय १३ जना रहेका छन् भने ८ हजार ५ सय ९५ परिवार प्रभावित भएका छन्।

बाढीबाट ३१ जनाको गयो ज्यान

वैशाख १ गतदेखि असोज २० गतेसम्मको विपद्मा बाढीका ३ सय ७ वटा घटनामा ३१ जनाको मृत्यु भएको छ। त्यस्तै २३ जना बेपत्ता र १५ जना घाइते भएका छन्। बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन्।

पहिरोका घटना ५ सय ३९ वटा

वैशाख १ गतदेखि असोज २० गतेसम्म पहिरोका घटना ५ सय ३९ रहेका छन् भने ६५ जनाको मृत्यु भएको छ। ९ जना बेपत्ता र ७७ जना घाइते भएका छन् भने ७ सय ५७ परिवार प्रभावित बनेका छन्।
भारी वर्षाका ४०१ घटना

वैशाख १ गतदेखि असोज २० गतेसम्म भारी वर्षाका घटना ४०१ वटा रहेका छन्। जसबाट ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। ९ सय ७८ परिवार प्रभावित बनेका छन्।

चट्याङबाट ४५ जनाले ज्यान गुमाए

यस अवधिमा चट्याङबाट ४५ जनाले ज्यान गुमाएका छन्। ३ सय ४६ वटा घटनाबाट २ सय ५६ जना घाइते भएका छन्। त्यस्तै ४ सय २५ परिवार प्रभावित भएका छन्।

सर्पदंशबाट ८७ जनाको मृत्यु

यस अवधिमा सर्पदंशका ४ सय ३९ वटा घटना भएका छन्। जसबाट ८७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ५६ जना घाइते भएका छन् भने ४ सय ४५ परिवार प्रभावित भएका छन्।

आगलागीका १ हजार ३ सय ८७ घटना

२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म आगलागीका १ हजार ३ सय ८७ घटना भएका छन्। जसबाट २४ जनाको ज्यान गएको छ भने १ सय ९१ जना घाइते भएका छन्। त्यस्तै १ हजार ५ सय १० परिवार प्रभावित बनेका छन्।

डढेलोका १ सय ५८ घटना

यस अवधिमा वन—डढेलोका १ सय ५८ वटा घटना भएका छन्। जसबाट २ जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन्।

हावाहुरीका कारण ८ जनाले ज्यान गुमाए

सरकारकाअनुसार यस अवधिमा हावाहुरीबाट ज्यान गुमाउनेहरूको संख्या आठ रहेको छ। २ सय ८५ घटनामा ४४ जना घाइते भएका छन्। त्यस्तै ५ सय ४२ परिवार प्रभावित बनेका छन्।

जनावर आक्रमणबाट २२ जनाको मृत्यु
यस अवधिमा जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ रहेको छ। २ सय ३८ जनावर आक्रमणका घटनामा १ जना बेपत्ता र १ सय ८ जना घाइते भएका छन्। जनावर आक्रमणको घटनाबाट ३ सय ९५ परिवार प्रभावित छ।

लेक लागेर १९ जनाको मृत्यु

२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म लेक लागेर १९ जनाको मृत्यु भएको छ। ६१ वटा घटनामा ४५ जना घाइते भएका छन्। लेक लागेर प्रभावित हुने परिवारको संख्या ५९ रहेको छ। ढुंगा पल्टिएर प्रभावित हुने परिवारको संख्या ५ रहेको छ भने २ वटा घटना भएका छन्। १ जना घाइते भएका छन्। त्यस्तै महामारीको घटना एउटा मात्रै छ। महामारीबाट १ सय ५५ परिवार प्रभावित छ।

असोज १९ गते विपद्जन्य घटनाबाट ५३ जिल्ला प्रभावित

असोज १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजेसम्म मात्रै बाढीबाट १५ जिल्ला प्रभावित बनेका छन्। ३९ वटा घटनामा एक जना बेपत्ता छन् भने ५ सय ५७ जनाको उद्धार भएको छ। ३ सय ७८ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै पहिरोबट १२ वटा जिल्ला प्रभावित भए। २१ वटा घटनामा १ जनाको मृत्यु भयो भने ३ जना घाइते भए। ३ सय १४ जना प्रहरी परिचालन गरिएको छ।

त्यस्तै अविरल वर्षाबाट ५ जिल्ला प्रभावित थिए। ८ वटा घटनामा १ जनाको मृत्यु भयो भने १ घाइते र २१ जनाको उद्धार गरिएको छ। यस अवधिमा ५३ जिल्ला प्रभावित बने भने ९४ वटा घटनामा ४ जनाको मृत्यु भयो।

त्यस्तै १ जना बेपत्ता भए भने १७ जना घाइते भएका छन्। यस अवधिमा ५ सय ७८ जनाको उद्धार गरिएको र ९ सय जना प्रहरी परिचालन भएको छ। यस अवधिमा १९ वटा पशुचौपायाको क्षति भएको छ भने १८ वटा सडक अवरोध र ६१ लाख ४३ हजार ५ सय अनुमानित क्षति भएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP