Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कैलारी गाउँपालिका–४, भितरियास्थित घरमा पालिकाको खर्चमा एसी

 

 

धनगढी : कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीन वटा एयर कन्डिसनर (एसी) लगाएको खुलेको छ।

सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ विपरीत उनले कैलारी गाउँपालिका–४, भितरियास्थित घरमा पालिकाको खर्चमा एसी लगाएका हुन्।

अध्यक्ष चौधरीको घरमा ग्री एक टनका दुई थान र ग्री १ दशमलव ५ टनका एक थान एसी लगाइएको थियो।

जेनजी आन्दोलनकारीले अध्यक्ष चौधरीको निवासमा आगजनी गरेपछि तीन वटै एसी जलेर नष्ट भएपछि सो कुरा बाहिर आएको हो। गाउँपालिकाको कार्यालयले पालिकामा भएको सरकारी सम्पत्ति क्षतिको विवरण तयार पार्दा अध्यक्ष चौधरीको घरमा रहेको एसीलगायतका अन्य विद्युतीय सामग्री जलेर नष्ट भएको उल्लेख गरेपछि मात्रै उनले सरकारी खर्चमा आफ्नो घरमा एसी लगाएको तथ्य बाहिरिएको हो ।

यसै गरी सरकारी खर्चमै चौधरीको निवासमा दुई थान ब्याट्री (भोल्टा दुई सय एएच), चार थान सिलिङ पङ्खा र इन्भर्टर (३२० भिए) एक थान लगाइएको थियो। यी सबै सामग्री जलेर नष्ट भएका छन्।

आन्दोलनकारीले चौधरीको घरमा आगजनी गरेपछि उनको पक्की घर जलेर नष्ट भएको छ। स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ बनाएको छ।

त्यो ऐनमा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी निवासमा सरकारी खर्चमा एसी लगाउन पाइने कुराकहीँ पनि उल्लेख छैन।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP