काठमाडौँ कैलालीमा एक युवकको बीभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका- ८ जरै बस्ने सुखेलको चौकुने गाउँपालिकाका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो।
शुक्रबार राति मदिरा सेवनपछि विवाद हुँदा सोही ठाउँका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले बुढाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरेसँग बुढाको टाउको बोकेर उनीहरू इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए।
उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया